चीन र भारतीय सिमाना नजिकै ट्याँक तैनाथ

चीन र भारतीय सिमाना नजिकै ट्याँक तैनाथ

भारतीय सेनाले चीनसँगको सिमानामा आधुनिक हतियारद्वारा सुसज्जित बख्तरबन्द गाडीहरु तैनाथ गर्ने भएको छ । चीनसँग जोडिएका मध्य र पूर्वी सीमा क्षेत्रका उच्च हिमाली भेगमा के–९ बज्र होबिट्जर तैनाथ गर्ने योजना अन्तिम चरणमा पुगेको हो ।

भारतीय सेनाले लद्दाख क्षेत्रमा बज्र होबिट्जरको सफलतापूर्वक परीक्षण गरिसकेपछि अब सोही क्षेत्रमा तैनाथ गर्ने योजना बनाएको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार उच्च गतिमा हिँड्न सक्ने र अग्रपंक्तिमा छिट्टै पुग्न सक्ने हुँदा प्रभावकारिता राम्रो देखिएको छ ।

सो क्षेत्रमा होबिट्जरको प्रदर्शन राम्रो भएको,उच्च क्षेत्रमा भारतीय सेनाको आवश्यकता पूरा गरेकाले होबिट्जर तैथान गर्न आवश्यक तयारी पूरा गरिएको सैन्य स्रोतले बताएको छ ।

टिप्पणीहरू