पूर्व परराष्ट्र मन्त्रीलाई काँग्रेस प्रवक्ताको जिम्मेवारी

पूर्व परराष्ट्र मन्त्रीलाई काँग्रेस प्रवक्ताको जिम्मेवारी

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवक्तामा केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई मनोनीत गर्नुभएको छ ।

देउवाले पार्टी विधान २०१७ को दफा २५,उपदफा (४) बमोजिम प्रवक्ता मनोनयन गर्नुभएको हो ।

दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम,कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने,कार्य विभाजन हेरफेर गर्ने र पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।

विगतमा सहमहामन्त्री रहेका महत काँग्रेसको गत १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनेर पराजित भएका थिए ।

टिप्पणीहरू