हिन्दुमाथि दुर्व्यवहार भएको भन्दै माइतीघरमा प्रदर्शन

हिन्दुमाथि दुर्व्यवहार भएको भन्दै माइतीघरमा प्रदर्शन

रौतहटमा हिन्दुमाथि भएको दुर्व्यवहारको विरोध गर्दै माइतीघरमा प्रर्दशन गरिएको छ । इसनाथ नगरपालिका ५ मा आइतबार सरस्वती पूजाका दिन भएको दुर्व्यवहारको विरोध गर्दै हिन्दु परिषद् नेपालले प्रदर्शन गरेको हो ।

आज दिउँसो परिषद् मुस्लिम समुदायद्वारा हिन्दुमाथि दुर्व्यवहार र विरोध भएको उल्लेख गर्दै प्रदर्शनमा उत्रेको हो । प्रदर्शनमा हिन्दु परिषद् नेपालका उपाध्यक्ष सुनिता रौनियारलगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले ब्यानरसहित विरोध गरेका हुन् । सरस्वती पूजाका दिन मूर्ति विसर्जन गर्ने क्रममा मुस्लिम समुदायले हिन्दुहरुमाथि दुर्व्यवहार गरेको उनीहरुको आरोप छ ।

टिप्पणीहरू