पाँचथरमा माओवादी जाग्यो

पाँचथरमा माओवादी जाग्यो

नेकपा (माओवादी केन्द्र) फिदिम नगर कमिटीले नगरपालिकाको १४ वटै वडामा ६० दिने संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

नगर कमिटीको ताप्लेजुङ सदरमुकाम फिदिममा हालै सम्पन्न विस्तारित बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।   माओवादीले फागुन १ गते फिदिम नगरपालिकाको १४ वटै वडामा जनयुद्ध दिवश मनाउने पनि निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा फिदिम नगर इञ्चार्ज राधाकृष्ण न्यौपाने, रविन मुखियालगायतको उपस्थिति रहेको फिदिम नगर कमिटी सचिव तेजबहादुर तामाङले जानकारी दिए ।

टिप्पणीहरू