आगलागीमा परेका ५ जनाको सनाखत, शोकमा एकदिन बजार बन्द

आगलागीमा परेका ५ जनाको सनाखत, शोकमा एकदिन बजार बन्द

दाङको तुलसीपुरस्थित इरम फुटवेयरको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान २ बजेको समयमा लागेको आगोका कारण चार बालबालिका र एक पुरुष गरी पाँच जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आविददिन अली, १४ वर्षीया सुजिता खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस हुन् । हाल उनीहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो ।

उहाँका अनुसार मृतकको शरीरमा आगोले पोलेका घाउहरु कमै मात्रामा रहेको र उनीहरुको चप्पल डढेर निस्केको धुँवाका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । आगलागीको थप कारण खुलिनसक्दा प्रहरीले विद्युत सर्ट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरेको छ ।

आगलागीबाट मानवीय क्षतिको विवरण आइसक्दा आर्थिक क्षति बारे अझै यकिन गरेरिएको छैन । चार तले भवनमा भएको आगलागी तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहानमात्र नियन्त्रणमा लिएका थिए ।

यता, पाँच जनाको ज्यान गएकोमा तुलसीपुरमा आज बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा बजार बन्द गर्न लागिएको हो ।

टिप्पणीहरू