रुपन्देहीमा नेकपा एसकाे संगठन धमाधम

रुपन्देहीमा नेकपा एसकाे संगठन धमाधम

लुम्बिनी,फागुन १ । राजनैतिक रणनीतिका दृष्टिले मुलुककै महत्त्वपूर्ण जिल्लाकाे रुपमा रहेकाे लुम्बिनी प्रदेशकाे रुपन्देहीमा नेकपा एकीकृत समाजवादीले संगठन बिस्तारलाई तीब्रता दिएकाे छ ।

युवा नेता राजु गुरुङकाे नेतृत्वमा जिल्लामा पालिका स्तरीय कमिटी गठन,विभिन्न जनवर्गीय संगठनका भेला तथा कमिटी गठनलाई तीब्रता दिईएकाे हाे ।

नेकपा एमाले र माले हुँदा देशैभरका युवाहरुकाे कमान्ड सम्हाली तत्कालिन समयमा बामदेव गाैतमलाई जुरुक्कै उचाल्ने बुटवलका राजु गुरुङको नेतृत्वले यतिबेला नेकपा एसलाई रुपन्देहीमा उकास्ने अभियान थालेकाे राजनीतिक विश्लेषकहरु बताउँछन् । ०७४ काे घटना सम्झँदै एमाले कार्यकर्ता भन्छन्, ” राजु गुरुङ निर्वाचन कार्यक्रममा सरिक नहुँदा माधव नेपाल,झलनाथ खनाल, वामदेव गाैतम,घनश्याम भुसाललाई भेटी उनलाई सम्झाइदिन भन्नुपरेको थियो । अर्काे दिन हज्जारौं युवाहरु सहित गुरुङले बुलेट बाइककाे पछाडि बिष्णु पाैडेललाई राखेर चुनावी प्रचारले गति लिएको थियाे ।

तिनै गुरुङ यतिबेला एमाले विभक्त भई बनेकाे नयाँ पार्टी नेकपा एकीकृत समाजवाडीकाे रुपन्देही अध्यक्ष छन् । उनी यतिबेला रुपन्देहीका युवाहरुकाे सपना पुरा गर्नेगरी जिल्लाकाे पाँच वटै निर्वाचन क्षेत्रका १६ पालिकामा निरन्तर खटिरहेका छन् ।

रुपन्देहीमा खासगरी अालाेचनात्मक चेत भएका,नेतृत्वले गल्ती गर्दा औंला उठाउनेहरु,विद्राेही र क्रान्तिकारी स्वभावका नेता, कार्यकर्ता एसमा लागेका छन् ।

यसैवीच शुध्दोधन गाउँपालिकामा नेकपा माअाेवादीका उपाध्यक्ष गाेविन्द चाैधरीसहितकाे टाेली नेकपा एसमा प्रवेश गरेकाे छ ।

नेकपा एसले रुपन्देहीमा जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन गरेकाे छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको हो । शनिबार भएको भेलाले बनाएको कमिटीमा उपाध्यक्ष मुकेश गुरुङ,सचिव नविन गुरुङ,कोषाध्यक्ष पुनम थापा रहेका छन । यसैगरी केशव घिमिरे ( सैनामैना ),रवि क्षेत्री (बुटवल), प्रविण रसाइली (सियारी),भोसु यादव (कोटहिमाइ),उमेश पटेल (शुध्दोधन ),महेन्द्र गुरुङ (बुटवल), आशिष थापा (बुटवल),निराजन थापा (बुटवल),सन्तोष गुरुङ (बुटवल),समिता बि.क(शुध्दोधन ), सविना सुनार (शुध्दोधन) र भुवन खड्का (बुटवल) रहेका छन् ।

टिप्पणीहरू