एनआरएनको निर्वाचन कार्यतालिका सार्वजनिक

एनआरएनको निर्वाचन कार्यतालिका सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी चैत ७ र ८ गते हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । संघले आज निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार फेव्रुअरी १७ भोलि महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध र मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यस्तै, मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने भनिएको छ ।

अधिवक्ता भिमसेन बन्जाराको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्न आन्तरिक तयारी गरेको छ । संघको निर्वाचनमा पहिलोपटक विद्युतीय माध्यमबाट मतदान हुँदैछ ।

टिप्पणीहरू