खोटाङ्गमा पनि एमसीसीको खोइरो

खोटाङ्गमा पनि एमसीसीको खोइरो

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुध्द खोटाङमा हस्ताक्षर संकलन अभियान शुरु भएको छ । नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन गरिएको हो ।

पुरानो बेसक्याम्पबाट थालिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक,त्रिवेणी चोक, हाटडाँडा,भवनगैरालगायतका क्षेत्रसम्म फैलने टंक थापाले जानकारी दिए । सो हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने उनले बताए ।

‘नो एमसीसी’, ‘गो व्याक एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी फिर्ता गर’लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुध्द हस्ताक्षर संकलन गरिएको छ ।

टिप्पणीहरू