एमसीसीविरुद्ध गाईघाटमा प्रदर्शन

एमसीसीविरुद्ध गाईघाटमा प्रदर्शन

‘देश बेच्ने दलालहरु होशियार’ भन्दै बिहानैदेखि विद्यार्थीहरुले एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् ।

विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन ।

आजको आन्दोलनको अगुवाइ नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू, नेकपा माओवादी र विप्लव निकट अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा गरेका हुन् ।

टिप्पणीहरू