वडाध्यक्षको मोटरसाइकलले हान्दा माओवादी नेता ठहरै

वडाध्यक्षको मोटरसाइकलले हान्दा माओवादी नेता ठहरै

उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरी सवार मोटर साइकलले ठक्कर दिंदा नेकपा माओवादीका स्थानीय एक नेता ठहरै भएका छन् । मृत्यु हुने त्रियुगा नगरपालिका ६ घर भएका ‍रामचन्द्र चौधरी हुन् ।

उपचारको निम्ति लैजाँदै गर्दा बितेका चौधरी नेकपा माओवादी केन्द्रको मजदुर संगठनका केन्द्रीय सदस्य र देउरी माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष हुन् । ठक्कर दिने वडाध्यक्ष चौधरी घाइते भएका छन् । उनको पनि बिराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

हिजो राती ९ बजेतिर गाईघाटबाट जलजलेतर्फ जाँदै गर्दा वडाध्यक्ष चौधरीले नेता चौधरीलाई देउरीको सडकमा ठक्कर दिएका हुन् । ठक्कर दिने स १ ब ८९७ नम्बरको मोटरसाइकल त्रियुगा नगरपालिकाको हो । वडाध्यक्ष चौधरीविरुध्द सवारी ज्यानमा मुध्दाअन्तर्गत आवश्यक कानूनी कारवाही गरिने उदयपुर प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले बताए ।

टिप्पणीहरू