रेखा थापा बनिन् राप्रपाको केन्द्रीय सदस्य

रेखा थापा बनिन् राप्रपाको केन्द्रीय सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । उनले पार्टीको विधानबमोजिम १४ जना केन्द्रीय सदस्यलाई मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा महाधिवेशनमा महामन्त्री पदमा पराजित रेखा थापासहित १४ जनालाई मनोनीत गरिएको उनले बताए ।

जसमा लीलादेवी श्रेष्ठ,विन्दु पौडेल,प्रेक्षा मल्ल,मीना झा,सन्तोषी शाही ठकुरी,स्वाती थापा,पुष्पा रजौरिया रहेका छन् । यस्तै लक्ष्मी तण्डुकार,समृद्धि राणा,मीना न्यौपाने,शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा पनि मनोनयनमा परेका छन् ।

टिप्पणीहरू