काँग्रेसमा सभापतिका लागि त्रिपक्षीय भिडन्त

काँग्रेसमा सभापतिका लागि त्रिपक्षीय भिडन्त

नेपाली काँग्रेस महोत्तरीको नेतृत्वमा तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । जिल्ला अधिवेशनअन्तर्गत भोलि हुने नेतृत्व चयनको निर्वाचनका लागि सभापतिमा तीन जनाको उम्मेदवारी परेसँगै त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादव छन् । पौडेल पक्षकै केही नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दाबी छ ।

तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने विषय नेता कार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको सो समूहको निश्कर्ष छ ।

पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लबिङ्ग गरेको आरोप लगाए ।

टिप्पणीहरू