बैशाखको चुनावका लागि सवा आठ अर्ब जुट्यो

बैशाखको चुनावका लागि सवा आठ अर्ब जुट्यो

स्थानीय तह निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड बजेट छुट्याएको छ । निर्वाचन आयोगले उक्त रकमको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो ।

आउँदो ३० वैशाखमा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनका लागि सरकारबाट आयोगलाई सो बजेटको सुनिश्चितता प्राप्त भएको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो ।

मतदातासम्बन्धी विवाददेखि त्रुटि सच्याउनेसम्मका कार्य २० देखि २६ फागुनसम्म चल्ने जानकारी दिएको आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको बताएको छ ।

आयोगका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्र प्रकाशन गरिनेछ ।

टिप्पणीहरू