नामावली सच्याउन ६ दिनको म्याद

नामावली सच्याउन ६ दिनको म्याद

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति तयार पारिएको मतदाता नामावलीमा त्रुटी भए सच्याउन आग्रह गरेको छ । मतदाता नामावली सच्याउने अवधि भोलिदेखि आगामी २६ गतेसम्म तोकिएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा कसैले झुठो विवरणको आधारमा नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन समेत आग्रह गरिएको छ । ‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता क्रियाकलापहरु फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू