गाउँपालिका अध्यक्ष एमाले छाडेर काँग्रेसमा मिसिए

गाउँपालिका अध्यक्ष एमाले छाडेर काँग्रेसमा मिसिए

गत स्थानीय तहको चुनावमा एमालेबाट जितेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।

अध्यक्ष क्षत्रीको नेतृत्वमा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री,विष्णु तिमल्सिनासहित दर्जनौं नेता-कार्यकर्ता एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको हो ।

सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।

टिप्पणीहरू