चितवनमा बिहान भएको दुर्घटनामा ट्याङ्कर चालक समातिए

चितवनमा बिहान भएको दुर्घटनामा ट्याङ्कर चालक समातिए

आज बिहान सबेरै चितवनमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको घटनामा ट्याङ्कर चालक समातिएका छन् । प्रदेश २–०३–००२ प ५९८६ न.को मोटरसाइकल सडकबाट चार सय मिटर तल खस्दा चालक ३४ वर्षका नवीन गुरुङ्, वर्ष ३० की तृकि भन्ने प्रतिभा गुरुङ र उनका ५ वर्षे छोरो आरोन गुरुङको घटनास्थलमा मृत्यु भएको थियो ।

तर पछि उक्त दुर्घटना ना. १ क ८१०८ नम्बरको ट्यांकरले ठक्कर दिँदा भएको बुझिन आएपछि प्रहरीले उक्त ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको छ । चालक रत्ननगर नगरपालिका ११ बस्ने वर्ष ४६ का सन्तराम दराइ भएको बताइएको छ ।

टिप्पणीहरू