हात्ती हेर्न गएका १६ जनालाई जंगली माहुरीले चिल्यो, सबै घाइते

हात्ती हेर्न गएका १६ जनालाई जंगली माहुरीले चिल्यो, सबै घाइते

चितवनमा आज साँझ चितवन राष्ट्रिय निकुञ्जको हात्ती हेर्न गएका १६ जनालाई जंगली खाग माहुरीले टोक्दा सबै घाइते भएका छन् ।

निकुञ्जको सेक्टर कार्यालयको कम्पाउण्डभित्र हात्ती हेर्न गएकालाई माहुरीको हुलले चिलेर घाइते बनाएपछि सबैको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

घाइते हुनेमा ३ वर्षदेखि ६५ वर्ष उमेरसम्मका छन् । घाइतेमध्ये नौ जना महिला र सात जना पुरुष छन् । दुई जना ६० वर्ष उमेरका र चार जना १० वर्ष उमेर मुनिको रहेको प्रहरीले जनाएको छ ।

ती सबै सिन्धुलीका बासिन्दा भएको बुझिएको छ ।

टिप्पणीहरू