बिहानै काठमाण्डौमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

बिहानै काठमाण्डौमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

आज बिहान राजधानीको नयाँबजारस्थित च:मती करिडोर रोडमा भएको दुर्घटनामा एक जना स्कुटर चालकको निधन भएको छ । स्वयम्भू बिजेश्वरीबाट च:मतीतर्फ जाँदै गरेको बा.४९ प ६१२३ नम्बरको स्कुटर र विपरित दिशाबाट आएको बा.८५ प ५०६० नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटर चालक बितेका हुन् ।

दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक धादिङको ज्वालामुखी गाउँपालिका ४ घर भएका ३५ वर्षे हरि दुवाडीको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पुर्याएलगत्तै निधन भएको अस्पतालले जनाएको छ ।

मोटरसाइकल चालक दक्षिणकाली नगरपालिका ३ घर भएका निरज खत्रीलाई सामान्य चोट लागेको छ । खत्री र दुवै सवारी साधनलाई महानगरीय प्रहरीको स्वयम्भू वृत्तमा राखिएको छ । घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू