उदयपुरमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गयो

उदयपुरमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गयो

उदयपुरमा मोटरसाइकलको ठक्करले एक जना वृद्धाको ज्यान गएको छ । आज मध्यान्ह भएको दुर्घटनामा ज्यान गुमाउने वृद्धा बेलका नगरपालिका–३ कि ७६ वर्षीया राममाया आले हुन् । उनको बेलका नगर अस्पतालमा रामपुरठोक्सिलामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई उदयपुरको बेलका नगरपालिका ६, को मदन भण्डारी लोकमार्गमा स. ७ प ८६९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू