अधिवेशन अन्त्यको भोलिपल्ट एमालेका सांसद संसद भवनमा

अधिवेशन अन्त्यको भोलिपल्ट एमालेका सांसद संसद भवनमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले संसदीय दलको बैठक जारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु दशौं अधिवेशन हिजो मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो । नवौं र दशौं अधिवेशनको सबै बैठक अवरोध गरेको एमालेले आफ्नो भूमिकाको समीक्षा गर्न दलको बैठक बोलाएको बताइएको छ ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् ।

टिप्पणीहरू