५ दिनअघि बेपत्ता बालकको शव फेला,२ जना अझै बेपत्ता

५ दिनअघि बेपत्ता बालकको शव फेला,२ जना अझै बेपत्ता

भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक जना बालकको शव पाँच दिनपछि फेला परेको छ । हिजो भेरीगंगा र वीरेन्द्रनगर नगपालिकाको बीचमा पर्ने भेरी पुलभन्दा एक सय मीटर तल पानीमा तैरिएको अवस्थामा शव फेला परेको हो ।

गत शनिबार सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगरमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए । भेटिएका ८ वर्षका बालकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा लगिएको रक्तकाली गण बाङ्गेसिमल सुर्खेतका एसपी बिमल डाँगीले जानकारी दिनुभयो ।

हालसम्म फेला नपरेकामा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का,८ वर्षीय कृष्णा सिंजाली हुन् । उनीहरुको नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।

नेटा घर भएका उनी रामघाटस्थित मामाघरमा बसेर शिखर माविमा कक्षा ५ मा अध्ययनरत थिए ।

टिप्पणीहरू