गैंडाले लखेटेका सैनिक आत्तिएर हाम्फाल्दा बिते

गैंडाले लखेटेका सैनिक आत्तिएर हाम्फाल्दा बिते

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाले लखेट्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणका पवन कटुवालको गैंडाको आक्रमणबाट बच्न पोखरीमा हाम्फाल्दा मृत्यु भएको हो ।

२६ वर्षे कटुवाललाई सेनाको टोलीले गस्ती गर्ने क्रममा गैंडाले आक्रमणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यसपछि उनी भाग्दै जाँदा आत्तिएर पोखरीमा हाम्फालेका थिए । पोखरीमा हाम्फालेका उनको तत्काल मृत्यु भएको हो ।

मृतक सैनिकको शव पोष्टमार्टमको निम्ति भरतपुर अस्पताल लगिएको छ ।

टिप्पणीहरू