निर्वाचनमा खटिने कर्मचारीको २० लाखको बिमा

निर्वाचनमा खटिने कर्मचारीको २० लाखको बिमा

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको छ । आज आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको काममा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिएको बताए ।

उनले भने, ’आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिएको छ ।’

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आजबाट छ वटा प्याकेजमा इ–बिडिङको माध्यमबाट खरिद गर्न पनि आग्रह गरेको छ ।

टिप्पणीहरू