मनहरीमा बस पल्ट्यो, २ जना ठहरै

मनहरीमा बस पल्ट्यो, २ जना ठहरै

हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गको मनहरी गाउँपालिका ६, सुनाचुरीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज बिहान भएको घटनामा अन्य १२ जना घाइते भएका छन् ।

अनियन्त्रित भएर ना. ४ ख ४४५४ नम्बरको बस सडक किनारमा भएर पल्टेको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको निम्ति चितवनका अस्पतालहरुमा पठाइएको छ ।

टिप्पणीहरू