पर्यटक बोक्न गएको स्कर्पियो पल्टिंदा चालक रहेनन्
कास्कीमा स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको जिप पल्टिएको हो ।
जिप पल्टिँदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको अस्ताम इको भिलेजको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडी पठाएर ल्याइएको छ ।
टिप्पणीहरू