मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा मदनकै छोरी

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा मदनकै छोरी

हिजो राजधानीमा सम्पन्न मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनले एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण थापालाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनले ४५ सदस्यीय कमिटी गठन गरेको छ । फाउण्डेशनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई (गौरादह,झापा) छानिएका छन् ।

त्यसैगरी सदस्यहरुमा रास्ट्रपतिका प्रमुख निजी सचिव भेषराज अधिकारी,प्रेमसागर चापागाईं,डा.शंकर भण्डारी,पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे,बिमला राई पौडेल,सुशील प्याकुरेल,निर्मला राई,देगेन्द्र पाण्डे,टीका ढकाल,कृष्ण भण्डारी,डा.कुन्दन अर्याल,डा.रामशरण प्याकुरेल,घनश्याम कोइराला,मिलन धरेल,अमरध्वज लामा,डा.कैलाश भण्डारी,डा.कालुसिंह खत्री,मीना भण्डारी,गोपाल गुरागाई,खेमराज पोख्रेल,मन्जु चौधरी,किशोरचन्द्र दुलाल,राजमहम्मद राज,बीना साह,सरोज यादव,शिवकुमारी गोतामे,सरिता न्यौपाने,खेम लोहनी,बालकृष्ण शिवाकोटी(पशुपति प्लाजा),गोपाल श्रेष्ठ,दिपक सुवेदी,रामशरण ढुंगाना,दामोदर बैरागी,डा.निर्मल बिश्वकर्मा,बलबहादुर आचार्य,रामबहादुर राउत,मीन बुढा मगर,टीका बिष्ट,प्राडा नन्दबहादुर सिंह,हरदेव जोशी र सरस्वती नेपाली लगायत ४२ जना छन् ।

टिप्पणीहरू