पर्सामा टेम्पो दुर्घटना, चालक ठहरै

पर्सामा टेम्पो दुर्घटना, चालक ठहरै

पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ठोरी गाउँपालिका–३ मा आज टेम्पो दुर्घटनामा चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । टेम्पोमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय विर बहादुर विश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ ।

रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आज नियन्त्रण गुमाएर पल्टीएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू