चीनमा १ सय ३३ यात्रु सवार विमान दुर्घटना

चीनमा १ सय ३३ यात्रु सवार विमान दुर्घटना

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १ सय ३३ जना यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ विमान दुर्घटनामा परेको हो ।

विमान दक्षिणपश्चिम चीनको क्वाङसी प्रान्तमा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान क्वाङसीको तङ काउन्टीमा दुर्घटनाग्रस्त भएको हो ।

विमान खसेको त्यहाँको पहाडमा आगलागी भएको छ । स्थानीय समयअनुसार दिउँसो १ बजेर १५ मिनेटमा चीनको खुन्मिङबाट ग्वाङचौका लागि उडेको विमान एउटा पहाडमा ठोक्किएपछि आगो लागेको प्रारम्भिक विवरणहरुमा जनाइएको छ ।

घटनास्थलमा उद्धार समूह पठाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू