ज्योति फाउण्डेशनद्धारा होण्डा जेनेरेटर सहयोग

ज्योति फाउण्डेशनद्धारा होण्डा जेनेरेटर सहयोग

नेपालका लागि होण्डाको एक मात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले स्वास्थ्य सेवामा कम पहुँच वा पहुँचनै नभएको हिमाली क्षेत्रका अति बिकट ठाउँमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई बिभिन्न स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु स्वस्थ शिबिर तथा उद्धार कार्य संचालन गर्न सहज होस् भत्रे हेतुले उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्तरण गरेका छन् ।

ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक श्रीमती मिरा ज्योति र स्यकाकर ट्रेडिङ्ग कम्पनी प्रा.लि.का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुह्ृद ज्योतिले एक कार्यक्रमका बिच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्तरण गरेका हुन् । ज्योती समूहले उक्त संस्थालाई यसरी सहयोग गर्न पाउदा खुशी लाग्नुका साथै भविष्यमा समेत आवश्यक सहयोग गर्दै जाने जानकारी गराउनु भयो ।

हिरो ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।

टिप्पणीहरू