प्रकाशमानले भने : के हामीले जनताको मत जित्न सकेका छौं ?

प्रकाशमानले भने : के हामीले जनताको मत जित्न सकेका छौं ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सम्पूर्ण रुपमा परिचालन हुन मकवानपुर जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

हेटौंडामा नेपाली काँग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै भन्नुभयो, ‘हामी जनताको आँगनमा पुग्न सकेका छौँ कि छैनौँ ? उनीहरुको मन जित्न सकेका छौँ कि छैनौँ ?’

मतदाताको सुख र दुःखमा सरिक हुने नेता, कार्यकर्ता र पार्टीमाथि जनताले विश्वास गर्ने भएकाले जनहितका लागि पार्टीले गरेका कामहरु बुझाउँदै सुधार गर्नुपर्ने कुराहरुमा सुधार गरेर अघि बढ्न उहाँले निर्देशन दिनुभयो । ‘जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि ?’ उनले अगाडि भने–‘काँग्रेसले जनतासामु सुधार्नुपर्ने कुराहरु छन् भने गम्भीरताका साथ लिएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीभित्र देखा परेकाआन्तरिक विवादलाई मिलाउँदै, सबैको सुख दुःखमा सरिक हुने र सबैको भावनाको कदर गर्दै काँग्रेस पार्टी अघि बढ्ने बताउनुभयो । सो अवसरमा काँग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिलगायत पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

टिप्पणीहरू