धादिङमा आगलागी, सुतेकै अवस्थामा जलेर मृत्यु

धादिङमा आगलागी, सुतेकै अवस्थामा जलेर मृत्यु

आज बिहान धादिङको थाक्रे गाउँपालिका ९ धाक्रेछापको एउटा घरमा लागेको आगलागीबाट एक जना महिलाको मृत्यु भएको छ । बिहान साढे ३ बजेको समयमा घरमा अचानक लागेको आगलागीबाट ५० वर्षकी नानीमायाँ आचार्यको निधन भएको हो ।

आगलागीबाट आचार्यको घर पूर्णरुपमा जलेको छ । अन्य धन सम्पत्तिकोसमेत नष्ट भएको बताइएको छ । स्थानीयको सहयोगमा झण्डै एक घण्टापछि आगो निभाइएको हो ।

टिप्पणीहरू