चुनाव हारेका धामी मुख्यमन्त्री बन्दै

चुनाव हारेका धामी मुख्यमन्त्री बन्दै

भारतको उत्तराखण्ड राज्यमा पुस्कर सिंह धामी पुनः मुख्यमन्त्री बन्ने भएका छन् । चुनावमा पराजय भएपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् ।

हालै भएको विधान सभा निर्वाचनमा धामी भारतीय काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । तर अहिले उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन् । भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको निम्ति भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् ।

उनले भोलि मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम छ । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि छ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका धेरै जना सांसदहरु इच्छुक देखिन्छन् । धामी छ महिनाभित्र उपनिर्वाचनमा विजयी भएर आउनुपर्नेछ ।

७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको छ । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो ।

धामी काँग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५ सय ७९ मतअन्तरले पराजित भएपछि ११ मार्चका दिन धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

टिप्पणीहरू