नुवाकोटमा जीतहारको हिसाबकिताब

नुवाकोटमा जीतहारको हिसाबकिताब

नुवाकोटको सदरमुकाम विदुरमा नेकपा एकीकृत समाजवादीको कार्यकर्ता भेला सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आजको भेला सम्पन्न भएको बताइएको छ ।

भेलामा अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।भेलापछि विदुर निवासी राजकुमार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्,‘स्थानीय निर्वाचन नजिकिँदै जाँदा समाजवादीले नुवाकोटमा माधवकुमार नेपालको समुपस्थितिमा कार्यकर्ता भेलामार्फत् राम्रै शक्ति प्रदर्शन गर्यो । जीतहारको आकलन गर्न सक्दिन । तर, एमालेलाई ऊ बेलाको वामदेवको मालेले भन्दा ठूलै झट्का खुवाउलाजस्तो चाहिँ देखियो ।’

टिप्पणीहरू