मकवानपुरमा हावा हुण्डरी, रुखको हाँगाले किचेर अधबैंशेको मृत्यु

मकवानपुरमा हावा हुण्डरी, रुखको हाँगाले किचेर अधबैंशेको मृत्यु

आज साँझको हावाहुरीले भाँचेको रुखको हाँगा लागेर मकवानपुरको मनहरी गाउँपालिका ६, रुपाचुरीमा एक अधबैंशेको ज्यान गएको छ ।

भाँचिएको हाँगा लागेर रुपाचुरीका ४८ वर्षीय बुद्धिबहादुर घलानको घटनास्थलमै ज्यान गएको हो । स्थानीय चिलाउनेटार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा भइरहेको रुखको कटानी र वन पैदावार संकलन कार्यमा घलान केही दिनदेखि खटिँदै आएका थिए ।

आज पनि सोही कामबाट फर्कने क्रममा हावाहुरीले भाँचेको हाँगाले थिच्दा उनको ज्यान गएको स्थानीयबासी गोपीराज घलानले जानकारी दिए ।

टिप्पणीहरू