जसले रुख ढाले, त्यहि रुखले थिचिएर उनै ढले

जसले रुख ढाले, त्यहि रुखले थिचिएर उनै ढले

रुख काट्ने क्रममा सोही रुखले च्यापिएर लमजुङमा एक जनाको मृत्यु भएको छ । हिजो क्व्होलासोथर गाउँपालिका १ का ५७ वर्षीय बलबहादुर अधिकारीको मृत्यु भएको हो ।

मस्र्याङ्दी गाउँपालिका ९, बस्नेत फाँटमा पवित्रा भण्डारीको उत्तिसको रुख काट्ने क्रममा सोही रुखले किचेर अधिकारीको ज्यान गएको हो । रुखले थिचेपछि अधिकारीलाई हिजै बिहान ११ बजे एम्बुलेन्समा राखेर उपचारको निम्ति जिल्ला अस्पताल लमजुङ पुर्याइएको थियो ।

थप अनुसन्धानको निम्ति मृतकका छोरा शिव अधिकारीको जाहेरीपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिएका छन् ।

टिप्पणीहरू