‘निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्नु’

‘निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्नु’

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा मानवअधिकार उल्लंघनका दोषीहरुलाई उम्मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका प्रमुख राजनीतिक दहरुलाई पत्राचार गर्दै उक्त आग्रह गरेको हो ।

आयोगको पत्रमा तीनै जिल्लाका सक्रिय प्रमुख राजनीतिक दलहरूलाई मानवअधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार नबनाउन आग्रह गरिएको छ ।साथै, निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाहरूको प्रयोग नगर्न पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगबाट जारी मानव अधिकारसँग सम्बन्धित आचारसंहितालाई प्रथमिकताका साथ पालना गर्न आयोगले सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू