प्रधानमन्त्री सेनाको हेलिकप्टरमा ९ घण्टापछि फिर्ता

प्रधानमन्त्री सेनाको हेलिकप्टरमा ९ घण्टापछि फिर्ता

आज बिहान ब्रेकफास्ट खाएर सरकारी निवासबाट निस्कनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा साँझ ६ बजेको हाराहारीमा बालुवाटार फर्कनुभएको छ । बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमा बालुवाटारभित्रैबाट उड्नुभएका उहाँ बेलुकी पनि हेलिकप्टरमै प्रधानमन्त्री निवासमा ल्याण्ड गर्नुभएको हो ।

सेनाको एनए ०५६ एमआई १७ कल साइनको हेलिकप्टरबाट उहाँ आज तनहुँको दमौली र स्याङ्जाका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको थियो । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा जाने क्रम निकै बढेको छ ।

टिप्पणीहरू