कृष्णगोपाल कमरेड पाहुना भित्र्याउँदै प्रसन्न

कृष्णगोपाल कमरेड पाहुना भित्र्याउँदै प्रसन्न

एमाले नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले आज दिउँसो सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्नुभएको स्टाटसमा एउटा ‘सुन्ना’ थपिएको आरोप लागेको छ ।

उहाँले राजधानीमा जारी केन्द्रीय समिति बैठकमा देशभरका विभिन्न पार्टीबाट तीन सयभन्दा बढीले एमाले रोजेको विवरण फोटो सहित राख्नुभएको थियो ।

उहाँले लेख्नुभएको छ, ‘आज सोलुखुम्बु, सप्तरी,काठमाडौं र दाङबाट माओवादी केन्द्र,राजपा,विवेकशील साझा पार्टीलगायतको सदस्यता छाडेर तीन सयभन्दा बढी संख्यामा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।’

तर उहाँले राख्नुभएका फोटामा प्रवेश गरेका अन्य दलका नेता तथा कार्यकर्ताभन्दा प्रवेश गराउने एमालेजनको संख्या बढी भएपछि एमालेकै साथीहरुले भनेका छन्, ‘संख्या लेख्दा कतै कमरेडले सुन्ना पो थप्नुभयो कि ?’

टिप्पणीहरू