बुटवलमा पनि सवारी दुर्घटनामा ज्यान गयो

बुटवलमा पनि सवारी दुर्घटनामा ज्यान गयो

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्कुटर चालक गुल्मीको धुर्कोट गाउँपालिका घर भइ हाल बुटवल उपमहानगरपालिका–१३, बेलबास बस्ने २३ वर्षीय मनोज थापा हुन् ।

लु.३८ प ४१४४ नम्बरको स्कुटर र लु. ७० प ६०१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना. १ क ४१४६ नम्बरको क्याम्पसको बसमा स्कुटर ठोक्किन पुगेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनसहित मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू