रामेछापमा भीषण आगलागी, ११ घर जलेर खरानी

रामेछापमा भीषण आगलागी, ११ घर जलेर खरानी

रामेछाप नगरपालिका ७, सुकाजोरको रजयछापमा भएको आगलागीमा ११ घर खरानी भएको छ । विद्युत सर्ट भएर लागेको आगो एकैछिनमा गाउँभर फैलिँदा उक्त क्षति भएको हो ।

विनोद श्रेष्ठको घरबाट हिजो दिउँसो शुरु भएको आगलागीले ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

एक दर्जन घर जले पनि मानवीय क्षति भएको छैन । आगलागीले गाउँ नै सखाप पार्ने अवस्था देखिएपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा साँझमा मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगालागी पिडित परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको छ ।

टिप्पणीहरू