काँग्रेसमा पनि २ दर्जन नेता–कार्यकर्ता छिरे

काँग्रेसमा पनि २ दर्जन नेता–कार्यकर्ता छिरे

अन्य पार्टी छाडेका दुई दर्जन नेता तथा कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा कार्यकर्ता काँग्रेस छिरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजयकुमार यादवलगायत २४ जनालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले अबिर लगाउँदै र दोसल्ला ओढाएर पार्टी प्रवेश गराउनुभएको हो ।

टिप्पणीहरू