ट्याक्टरबाट खसेर सडकमा बजारिएका थारु रहेनन्

ट्याक्टरबाट खसेर सडकमा बजारिएका थारु रहेनन्

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारुको ट्याक्टरबाट लडेर प्राण गएको हो ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू