डोटीमा ट्रयाक्टर पल्ट्यो, चालक बिते

डोटीमा ट्रयाक्टर पल्ट्यो, चालक बिते

डोटीको पूर्वीचौकी गाउँपालिका–७, सिमकट्टेमा आज भएको ट्रयाक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकका सहयोगी भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुने ट्रयाक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–४, चौमालाका २५ वर्षीय ज्ञानबहादुर चौधरी हुन् । दुर्घटनामा ट्रयाक्टर चालकका सहयोगी अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नरबहादुर भुल गम्भीर घाइते भएका हुन् ।

भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से. १ त ७८३९ नम्बरको आफैँ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।

टिप्पणीहरू