ट्रकको ठक्करबाट दम्पत्तिको ज्यान गयो

ट्रकको ठक्करबाट दम्पत्तिको ज्यान गयो

चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरन्जन श्रेष्ठ र पछाडि बसेकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।

वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको श्रेष्ठ दम्पत्ति सवार बागमति प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई हिजो ५ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दम्पत्तिको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू