भूपेन्द्र आफैले चलाएको ट्रयाक्टरमा च्यापिए

भूपेन्द्र आफैले चलाएको ट्रयाक्टरमा च्यापिए

अछाममा ट्रयाक्टर पल्टँदा चालकको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा गए राति पल्टिएको ट्रयाक्टरमा च्यापिदा चालक भूपेन्द्र शाहीको ज्यान गएको हो ।

प्रहरीका अनुसार स्थानीय अन्दाजी २४ बर्षीय शाहीलाई जेसिबिको मध्दतले उद्धार गरी जिल्ला अस्पताल मंगलसेनमा उपचारको लागि पठाइएको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर हिजो बेलुका पल्टिएको हो ।

टिप्पणीहरू