चटगाउँ जाऊँ,माछाको सुकुटी खाऊँ

चटगाउँ जाऊँ,माछाको सुकुटी खाऊँ

बंगलादेशको चट्टोग्राम जसलाई चित्तागोंग वा चटगाउँ पनि भनिन्छ, यहाँ हरेक बर्ष झैं यसपालि पनि सुकेको माछाको ब्यापार बढ्दो छ। बंगलादेशको राजधानी ढाकाबाट लगभग २४२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यो गाउँमा अहिले मानिसहरु माछा सुकाउन ब्यस्त छन् र यहाँको तटीय क्षेत्रका वासिन्दाहरुको मुख्य आयश्रोत नै यहि माछा हो ।

यहाँ माछालाई प्राकृतिक रुपमा घाममा सुकाइन्छ जसलाई उनीहरु आफ्नो भाषामा सुत्की भन्दछन् । यी सुत्कीहरुको माग सबैभन्दा बढी चीन, हङकङ,जापान, सिङ्गापुर,बेलायत र माल्दिभ्स रहेको ब्यापारीहरु बताउँछन् ।

अधिकांश काँचो माछा उनीहरुले देशभित्रै बेचेपनि बाँकी सुकाएर विदेश निकासी गर्ने गरिन्छ वा घुम्न आएका पर्यटकलाई बेचिन्छ, त्यसैले त भन्ने गरिन्छ कि चटगाउँ घुम्न आउने मानिसहरु घर फर्किंदा सुत्की लिएर जान कहिल्यै बिर्सदैनन् र घरको कोहि त्यहाँ जाँदैछन् भने परिवारको अर्डर नै सुत्की ल्याउने हुन्छ ।

फोटो: सिन्ह्वा

टिप्पणीहरू