यसै फैलिएन नेपालमा कोरोना

यसै फैलिएन नेपालमा कोरोना

अन्ततः नेपालमा कोरोना संक्रमणको मुहान नै ठहर भयो, फागुन २ देखि ६ गतेसम्म सप्तरीको बोदे बर्साइन जाँजरस्थित खड्ग नदी किनारमा आयोजित मुस्लिम धार्मिक सभा ।

शुक्रवार उदयपुरको त्रियुगा नगरपालिका- ३,भुल्केस्थित मस्जिदमा फेला परेका नेपाली भाषा बोल्न नजान्ने १२ संक्रमित सबै पुस २ गते विराटनगरको जोगवनी नाका हुँदै नेपाल छिरेको पुष्टि भएको छ । उदयपुरमा लुकेको अवस्थामा फेला परेका यिनीहरू तिनै लस्करका जमाती हुन्, जो सप्तरीको धार्मिक सभाबाट फर्किएर गतहप्ता तीन जना वीरगञ्जमा संक्रमित फेला परेका थिए । सरकारले अध्ययन गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) अनुसार उनीहरू पनि चार महिनाअघि सुनसरी सदरमुकाम इनरुवास्थित जामिया मस्जिदमा बसे । त्यसपछि त्यहाँ भेला भएका अरु जमातीहरु साथसाथै सप्तरीको धार्मिक सभामा पुगेका हुन् ।

सरकारलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार पछिल्ला केही महिना मुस्लिमहरुका निम्ति इस्लाम धर्म प्रचारको अवसर हो भने यही कोरोनाबाट फाइदा उठाउने नाममा कृश्चियन धर्मावलम्बीले पनि रोग निको पारिदिने भन्दै चलखेल गर्ने,मान्छे भेला गरेर संक्रमण फैलाउने खतरा छ ! शुरुमा गृह प्रशासनले रोक लगाएर अनियन्त्रित हिसाबले बाहिरका मान्छे पस्न थालेपछि अनुमति दिइएको सप्तरीको सभाबाट फर्किने क्रममा कोही वीरगञ्ज, कोही रौतहट त कोही उदयपुरका मस्जिदमा बिकेन्दृत भएका थिए । उदयपुरमा लुकेर बसेका १६ मध्ये १२ मा कोरोना संक्रमण प्रमाणित भएको हो । तीमध्ये चारजना २८ वर्षका, दुईजना २९ र अरु ३४, २६, २२, २५, २० र ४० वर्ष उमेरका छन् । बाकी चार जनाको हकमा थप प्रष्टता बाकी नै छ !

भारतीय भनी खुलेका सबैलाई शुक्रवार नै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा र एक नेपालीलाई मोरङको टाडीस्थित नेपाली सेनाको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

टिप्पणीहरू