कसले फैलायो त उनीहरुलाई कोरोना ?

कसले फैलायो त उनीहरुलाई कोरोना ?

अरु प्रदेश भन्दा सुरक्षित भनिएको एक नम्बर प्रदेशमा एकै चोटी १३ जना संक्रमित फेला परेका छन् । त्यो पनि मुस्लिम समुदायको मस्जिदबाट । हाल २ नेपाली र ११ जना भारतीय संक्रमित एक नम्बर प्रदेशको कोरोना अस्पाताल विराटनगरम उपचाररत छन । तर उनीहरुलाई कोरोना कसरी फैलियो भनेर प्रहरी प्रशासनले अझै पत्ता लगाउन सकेको छैन ।

संक्रमितहरुले मोरङ प्रहरीलाई दिएको बयान अनुसार भारतको उत्तरप्रदेश घर भएका १२ जना मुस्लिम जमातीहरु ११ डिसेम्बर सन २०१९ ( २६ मंसिर २०७६) मा जोगबनी नाकाहुँदै रानीको मर्कजमा आएर बसेका थिए । त्यहाँ उनीहरु ३४ दिन बसेका थिए । त्यसछि उनीहरु रानी मर्कजाका चार जना नेपालीहरुलाई साथमा लिएर जनवरी १५ र १६ सन २०२० – ( १ र २ माघ २०७६ ) मा विराटनगर तीनटोलिया अशोक चौक स्थित मस्जिदमा बसेका थिए ।त्यसपछि उनीहरु सुनसरीको दुहबीको मस्जिदमा बसेका थिए । दुहबीपछि उनीहरु सुनसरीकै भवरीमा रहेको मस्जिदमा बसेर सदरमुकाम इनरुवा पुगेका थिए । ईनरुवाबाट उनीहरु क्रमश दुई नम्बर प्रदेशको सप्तरी स्थित बोदेबसाईन गाउँपालिकामा ३ देखी ५ फागुन २०७६ मा आयोजना भएको धर्मसभा (जमात) मा सहभागी भएका थिए । जमात सकिएपछि उनीहरु फत्तेपुरको बाटोहुदै बिभिन्न मस्जिदमा बस्दै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा १ चैत २०७६ देखी बस्न थालेका थिए ।

संक्रमितहरुले अस्पताललाई दिएको बयान र मोरङ प्रहरीको अनुसन्धान अनुसार रानी मर्कजमा बस्दा उनीहरुको धेरैसँग भेटघाट भएको थियो । त्यहाँ हरेक शुक्रबार नवाज पढन ५ देखी ७ सय मुस्लिम धर्मावलम्बीहरु सहभागी हुनेगरेका छन । यस्तै अन्य हरेक दिन ४० देखी ७० जनाले नवाज पढने गरेका छन । यद्यपी त्यत्तिखेर कोरोना संक्रमण भैनसकेकोले भारतयीहरुले कोराना आफुहरुले लिएर नआएको दाबी गरेका छन । जमातकालागि घुम्दैजाँदा नेपालमै खासगरि उदयपुरतिरै आफुहरुलाई कोरोना सरेको हुनसक्ने उनीहरुको दाबी छ । तर उदयपुरबासीहरुले चाँही उनीहरु लकडाउनपछि नै कोरोना लिएर आएको र मस्जिदमा चुपचाप बसेको बताइरहेका छन ।

एक नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमित भएकाहरु विराटनगरमा लामो समय मस्जिदमा बसेर गएको खुलेपछि उनीहरुको सम्पर्क भएकाहरुलाई परिक्षणकालागि आउन मोरङ प्रहरीले अनुरोध गरेको छ । एक नम्बर प्रदेशमा नेपाल आएर बसेका भारतीय नागरिक ११ जना र विराटनगर महानगर १७ रानीका ६० र ६५ बर्षका २ नेपाली नागरिक कोरोना संक्रमित भएको फेला परेपछि मोरङ प्रहरीले उनीहरुलाई कोभिड १९ भाइरस जचाउन आउन सम्पर्क भएका मानिशहरुलाई सार्वजनकि अपिल गरेको हो ।

एदयपुरको त्रियुगा नगरपालिका भुल्के स्थित नुरी मस्जिदबाट उद्धार गरिएकाहरु १२ भारतीय र ४ जना नेपाली मध्ये २ नेपाली र ११ भारतीयको ५ बैसाख रातीदेखी कोरोना अस्पताल विराटनगरमा उपचार गराइरहेका छन । एक भारतीय र २ नेपाली मोरङको टाँडी स्थित क्वारेन्टाइनमा निगरानीमा छन । शुक्रबार उदयपुरबाट उद्धार गरेर ल्याइएका १६ जन सबै विराटनगर रानीमा रहेको मर्कजमा लामो समयसँगै बसेका थिए ।

टोल कोरोना संक्रमण त्रास मुक्त्त भएको जनप्रतिनिधिको दाबी

विराटनगर महानगरपालिका १७ का वडा अध्यक्ष समिम कमरले कोरोना संक्रमित जमातीहरु सबै जना चार महिना पहिले नै रानी मर्कजबाट हिँडेको र पुन नर्फिएकोले टोलमा संक्रमणको कुनै त्रास नभएको बताउँछन । यही बुझाई अनुसन्धान गरिरहेको प्रहरीको पनि छ । यद्यपी जोखिम भेटिन सक्ने भएकोले उनीहरुको सम्पर्कमा आएका सबैलाई कोभिड १९ जाँच गराउन आउन सार्वजनिक रुपमा आग्रह गरेको मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राई बताउँछन । विराटनगर महानगरको सिमा क्षेत्रमा पर्ने १७ र १८ नम्बर वडामा मुसलमानहरुको बाक्लो बसोवास छ ।

वीरगञ्ज फेला परेका संक्रमितहरु रानी मर्कजबाटै गएका थिए
प्रहरीको अनुसन्धान अनुसार केही दिन अघि वीरगञ्जमा फेला परेका तीन जना संक्रिमितहरु प्नि रानी मस्जिदबाटै गएका थिए । उनीहरुको समुह रानीमा तीन दिन बसेर सुनसरी हुदै सप्तरीको जमातमा सहभागी भएको थियो । त्यसपछि उनीहरु दुई नम्बरको बिभिन्न मस्जिद हुदै वीरगञ्ज पुगेका थिए ।

मस्जिद र मर्कजको निगरानी धमाधम
उदयपुर भुल्के स्थित नुरी मस्जिदबाट १३ संक्रमित सहित १६ जना शंकास्पद व्यक्त्तिरुको उद्धारपछि प्रहरीले मोरङमा सबै मस्जिद र मर्कजहरुमा प्रहरी र जनप्रतिनिधिहरुले निगरानी तीब्र बनाएका छन । यद्यपी पहिले नै सुनबषी नगरपालिकाको डायनिया र सिक्टीमा भेटिएका १९ बिदेशी र अन्य जिल्लाका १२ नेपाली जमाती बाहेक अन्य फेला परेका छैनन । निगरानीका क्रममा मुस्लिम अगुवाहरुले जमातीहरु कोही पनि लकडाउनपछि भारतबाट नआएको बरु फागुनमा सप्तरीमा भएको जमातमा आएपछि लकडाउनमा फसेको जानकारी दिएका छन ।

के हो तबलिगी जमात ?
तबलिगी जमात मुस्लिम समुदायको धर्म प्रचार गर्ने माध्यम हो । यसको सुरुआत सन १९२७ मा भारतको हरियाणा राज्यमा ब्रिटिसकालमै भएको थियो । हाल यो संगठनको संञ्जाल बिश्व भरि फैलिइसकेको छ । यसको एक मात्र उद्देश्य शान्तपुर्वक धर्मको प्रचार गर्नुहो । सुन्नी मुसलमान समुहका मुस्लिमहरुले संञ्चालन गरिदै आएको लबलिगी जमातले इस्लामको अध्यातमिकतालाई प्रचारप्रसार गर्र्नेगर्दछ । मुस्लिम अगुवाहरुका अनुसार धर्म प्रचारकालागि आवद्ध मानिशहरु बिभिन्न प्रकारका जमातमा सहभागी हुन्छ । जस्तै २१ ीदने ४५ दिने , ४ महिने , ६ महिने आदि । यो समयकालागी उनीहरु घरबाट नर्फिकिने प्रण गरेर समुहमा निस्कन्छन र सकेसम्म प्रण अनुसार हिँडेर मस्जिदहरु चाहर्ने गर्दछन । जसलाई तबलिगी जमात भनि भनिन्छ । जसअनुसार लबलिगीको अर्थ प्रचारक , जमातको अर्थ सभा र मर्कजको अर्थ केन्द्र हो ।

टिप्पणीहरू