क्याबिनेटमा आज उठेका कुरा
‘मैले कहिले ल्याउने हो मिति नै त तोकेको थिइन तर तीन-चार महिनाअघिदेखि नै भन्दै आएको हो,अहिले साथीहरू दशथरि कुरा गर्दैछन्’, प्रधानमन्त्रीले बैठकस्थल प्रवेश गरेलगत्तै भन्नुभयो ।
‘ठीकै छ,पहिला उनीहरूसँगै सल्लाह गरेर ल्याएको,भएन भने भएन ! अब के गर्न सकिन्छ त ?’
“आज धेरै भन्ने कुरा छैनन्,” दल विभाजनसम्बन्धी बहुचर्चित अध्या
‘मैले कहिले ल्याउने हो मिति नै त तोकेको थिइन तर तीन-चार महिनाअघिदेखि नै भन्दै आएको हो,अहिले साथीहरू दशथरि कुरा गर्दैछन्’, प्रधानमन्त्रीले बैठकस्थल प्रवेश गरेलगत्तै भन्नुभयो ।
रेणु यादवसहित समाजवादी पार्टीका केही नेताको सहजताका लागि अहिले अध्यादेश ल्याइएको र त्यसका लागि केही समयदेखि छ्लफल पनि भएको संकेत प्रधानमन्त्रीले क्याबिनेटलाई दिनुभयो । तर, मूल प्रयोजन असफल भएपछि अध्यादेशको अर्थ नहुने उहाँको आशय थियो ।
“मैले आजै शेरबहादुर देउवासङ्ग कुरा गर्दा हामी त बिपक्षी दल,बिरोध गर्नै पर्यो भनेका छन् ! उनीहरूको यो बाध्यता आफ्नो ठाउँमा छ तर हाम्रै साथीहरुले केही थाहै नपाएझै गरे !” प्रधानमन्त्रीले घटनाक्रमबारे मन्त्रीहरुलाई बृफ गर्नुभयो !
लकडाउनको लम्बाई
अध्यादेशबारे टुंगो लागेपछि कुरा चल्यो,लकडाउनको ।
कोरोना संक्रमण फैलिएर विशेषत: उपत्यका बाहिरका जिल्लामा जनजीवन भयभित छ । तर,तुलनात्मक रुपमा काठमाडौं, प्रदेश ५ र कर्णाली प्रदेश सुरक्षित भएको रिपोर्ट सम्बन्धित निकायले चैत अन्तिममै बुझाएका हुन् । तर, कागेश्वरी मनहरा- ९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेण्टमा संक्रमित भेटिएपछि त्यो रिपोर्टबारे अन्यौलता भयो । “काठमाण्डौका बिरामी घर फर्किए पनि संक्रमितको संख्या बढ्दो छ!”
प्रधानमन्त्रीले क्याबिनेटमा भन्नुभयो, ‘यसबारेमा के गर्ने हो, भोलि बिहानै उच्चस्तरीय समितिको बैठक बसोस् । भोलि नै बेलुकीसम्म, नभए पनि पर्सि बिहानै क्याबिनेट बैठक बसेर त्यो निर्णय अनुमोदन गरौंला ।’
टिप्पणीहरू