डिभोर्स
डिभोर्स गर्नु मर्नुभन्दा बौलाउनु निको हो ?
तपाईंलाई थाहा छ फलानोको पनि डिभोर्स भयो नि ! भन्दा हो र भन्दै आधा जिब्रो निकाल्ने नेपाली समाज अहिले ए ठीकै भएछ, मर्नुभन्दा बौलाउनु बेस, भन्नेमा पुगिसक्यो । परम्परागत र सांस्कृतिक विविधताले भरिएको देश नेपाल । जहाँ विवाहलाई अत्यन्तै महत्वपूर्ण र पवित्र सम्बन्ध मानिन्छ । नेपाली समाजमा विवाहलाई एक पटक मात्र हुने र आजीवनको सम्बन्धका रूपमा हेरिन्छ । विवाहले दुई व्यक्ति मात्र होइन, दुई परिवारलाई पनि जोड्छ । यसकारण, डिभोर्सलाई राम्रो दृष्टिकोणले हेरिँदैन । र, अझै पनि अपाच्य मानिन्छ…